गुटबन्दी गर्दिनँ, भागबन्डा चाहिँदैन : शेखर कोइराला

भर्खरै सम्पन्न नेपाली कांग्रेसको निर्वाचनमा सभापति पदमा पराजित भएका नेता डा. शेखर कोइरालाले गुटबन्दी र भागबन्डामा आफूहरु नलाग्ने बताएका छन् । 

बुधबार दिउँसो राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित मतदातालाई धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै उनले आजदेखि आफू र आफ्नो टिमले पार्टी रूपान्तरणका लागि काम गर्ने बताए।

‘भागबन्डा र गुटबन्दीको राजनीतिमा हामी लाग्दैनौँ। राम्रो काम गरेर उहाँहरूलाई सोच्न बाध्य बनाउँछौँ,’ कोइरालाले भने, ‘तपाईंहरूले मलाई यति धेरै माया दिनुभएको छ। त्यही मायाका आधारमा मैले आजदेखि नयाँ ढंगले पार्टी रूपान्तरणको काममा लाग्छु।’

चौधौँ महाधिवेशनले पार्टीभित्रको सुधारका लागि आफूले उठाएका एजेन्डा स्थापित भएको बदाबी गर्दै उनले आफ्नो हारलाई स्वाभाविक रूपमा लिएको बताए । 

पार्टी सभापतिमा पुनः निर्वाचित सभापति शेरबहादुरदेउवालाई बधाई दिँदै कोइरालाले यसअघिको जसरी नै पार्टी चलाएमा त्यसको सशक्त विरोध गर्ने बताए।

कार्यक्रममा अर्जुननरसिंह केसी, बलबहादुर केसी र रामशरण महतका साथै उनको प्यानलबाट उम्मेदवार बनेका नेताहरू सहभागी थिए । 



कार्यक्रममा कांग्रेस गण्डकी प्रदेशका कांग्रेस सभापति शुक्रराज शर्मा पनि थिए। भोजपुर, कालिकोट, पाल्पा, बाजुरा, तेह्रथुम, दैलेख, सुनसरी, बाँकेलगायत जिल्लाका कांग्रेस सभापति पनि कार्यक्रममा पुगेका थिए।



  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १८:१६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया