उपसभापतिको मतगणना तीन ठाउँमा, राति १० बजेसम्म नतिजा आइसक्ने

नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत बुधबार साँझबाट उपसभापतिको मतगणना थालिएको छ । 

कांग्रेस केन्द्रीय कार्यालयमा जारी मतगणना राति १० बजेसम्ममा सक्ने तयारी निर्वाचन समितिको छ । 

तीन ठाउँमा मतगणना भइरहेकाले राति १० बजेसम्ममा नतिजा आइसक्ने कांग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । 

दुई जना उपसभापतिका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् । विजयकुमार गच्छादार, पूर्णबहादुर खड्का, चन्द्र भण्डारी, धनराज गुरुङ, सुजाता कोइराला र महेश आचार्य चुनावी मैदानमा रहेका छन् । 

सभापतिमा भने शेरबहादुर देउवा विजयी भइसकेका छन् ।





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १८:३६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया