सशस्त्र प्रहरीका ११ एसएसपीलाई दर्ज्यानी चिह्न प्रदान

सशस्त्र प्रहरी बल नेपालका ११ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय स्वयम्भूमा आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । 

महानिरीक्षक खनालले सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) पदबाट सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पदमा विशेष बढुवा भएका एकजनालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । 

सरकारको गृहमन्त्रीस्तरीय निर्णयबाट मंसिर १३ गते ११ जना अधिकृत एसएसपी पदमा कायम मुकायम मुकरर बढुवा गर्ने निर्णय भएको थियो । त्यस्तै,  मंसिर १९ गते गृहसचिवस्तरीय निर्णयबाट एकजनालाई एसपी पदमा बढुवा गर्ने निर्णय भएको थियो ।

विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले बढुवा भएका अधिकृतलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उत्तरदायित्व तथा जिम्मेवारी पूरा गर्न र पूर्ण व्यावसायिक भई अनुशासित रुपमा क्रियाशील रहन निर्देशन दिएका थिए । 





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १८:४५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया