देव खनालको कप्तानीमा एसिया कप खेल्ने टोली घोषणा

युनाईटेड अरब इमिरेट्स (युएई) मा आयोजना हुने एसीसी यु–१९ एसिया कपका लागि नेपाल क्रिकेट संघ (क्यान) टोली घोषणा गरेको छ । क्यानले १५ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेको हो । टोलीको कप्तानी देव खनालले गर्ने भएका छन् । 

नेपाली टोलीमा देव खनाल (कप्तान) शेर मल्ल (उपकप्तान) दीपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक राना मगर, सन्तोष कार्की, आदील अन्सारी, तिलकराज भण्डारी, अर्जुन कुमाल, वसिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैसी, अर्जुन साउद, राहुल भण्डारी रहेका छन् । त्यस्तै, टोलीको व्यवस्थापक धर्मराज गिरी र प्रमुख प्रशिक्षक वसन्त साही रहेका छन् ।

डिसेम्बर २३ बाट युएईमा हुने प्रतियोगितामा ८ टोली एक दिवसीय संरचनामा प्रतिस्पर्धा गर्नेछन् । समूह ‘बी’ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल बंगलादेशविरुद्ध डिसेम्बर २३ युनाईटेड अरब इमिरेट्सको शारजाहमा खेल्नेछ दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर २६ मा खेल्नेछ । यस्तै, समूह चरणको अन्तिम खेलमा नेपालले कुवेतविरुद्ध डिसेम्बर २८ मा खेल्नेछ । 





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १८:५५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया