६०० मत गन्दा गुरुङको अग्रता कायमै, पछ्याउँदै खड्का र गच्छदार

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत उपसभापति पदका लागि भएको निर्वाचनको मत गणना जारी छ । 

अहिलेसम्म ६०० मत गणना भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा भएको मत गणनामा उपसभापतिका उम्मेदवार धनराज गुरुङले अग्रता लिएका छन् । उनले २५८ मत प्राप्त गरेका छन् । 

उनलाई पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले समान २४६ सहित पछ्याइरहेका छन् । डा. चन्द्र भण्डारीले २१५ मत ल्याएका छन् ।

उपसभापतिमा शेरबहादुर देउवा प्यानलबाट गच्छदार र खड्का उम्मेदवार छन् । त्यस्तै, शेखर कोइराला प्यानलबाट भण्डारी र गुरुङ उम्मेदवार रहेका छन् । 

सभापतिका अर्का आकांक्षी प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिएकी छिन् । 

अनि महेश आचार्यले पनि उपसभापतिमा उम्मेदवार दिएका छन् । उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् । 





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार २०:१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया