रोचक बन्दै उपसभापतिको गणना : सभापतिमा पराजित कोइराला प्यानलका उम्मेदवार उपसभापतिमा अगाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतगणना जारी छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा सभापतिमा पराजित शेखर कोइरालाको समूहले अग्रता लिएको छ । सभापतिका लागि भएको दुई चरणको निर्वाचन सकेर मतगणना भइसकेको छ । जसमा शेरबहादुर देउवा विजयी भएका थिए भने प्रतिद्वन्द्वी शेखर कोइराला पराजित भएका थिए । 

तर, उपसभापति पदमा भने कोइराला समूहका धनराज गुरुङ र देउवा प्यानलका पूर्णबहादुर खड्काले अग्रता लिएका छन । सँगसँगै कोइराला प्यानलका चन्द्र भण्डारी र देउवा प्यानलका विजय गच्छदारले पच्छ्याइरहेका छन् । 

अहिलेसम्म २८०० मतगणना भएका जनाइएको छ  जसमा खड्काले १३२१, गुरुङले १२६७, गच्छदारले १२१३ र भण्डारीले १११५ मत पाएको निर्वाचन समितिले जनाएको छ । 

सभापति पदका बलिया दाबेदार मानिएका शेखर पराजित हुँदै गर्दा उपसभापतिमा भने उनको समूहको प्रतिस्पर्धा बलियो बन्दै गएको छ । 

उपसभापतिको गणना सकिएपछि महामन्त्रीको गणना सुरु गर्ने निर्वाचन आयोगको तयारी छ ।





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार २२:२७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया