उपसभापतिमा विजयीपछि गुरुङको प्रतिक्रिया : कांग्रेसमा रूपान्तरणको खाँचो छ

नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापतिमा धनराज गुरुङले पार्टी सुधारका लागि आफ्नो भूमिका निर्वाह गर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पार्टी सुधार गर्न भूमिका निर्वाह गर्ने बताएका हुन् । 

गुरुङले पार्टीमा रूपान्तरणको खाँचो रहेको पनि औंल्याएका छन् । 

‘पार्टी सुधारका लागि भूमिका निर्वाह गर्नेछु, पार्टीमा रूपान्तरणको खाँचो छ,’ उनले भने । आज बिहान सम्पन्न मतगणनामा उनीसहित पूर्णबहादुर खड्का उपसभापति पदमा विजयी भएका छन् । 

अन्तिम मत परिणामअनुसार खड्काले २१२१ र गुरुङले १९०८ मत ल्याएका छन् । उपसभापतिका लागि ७ जनाको उम्मेदवारी परेको थियो ।

सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवाको समूहबाट पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार उपसभापतिका लागि उम्मेदवार थिए । त्यस्तै, सभापतिमा पराजित शेखर कोइरालाको समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङको उम्मेदवारी परेको थियो । 

त्यस्तै, प्रकाशमान सिंहको समूहबाट उपसभापतिमा सुजाता कोइराला, विमलेन्द्र निधिको समूहबाट दिब्या शाह र प्यानलबिनै महेश आचार्यले उपसभापति पदका लागि उम्मेदवारी दिएका थिए । 





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार ७:६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया