महिलालाई घाँस खुवाएको विज्ञापन बनाएपछि डेरी उद्योगले माग्यो माफी

एउटा विज्ञापनमा महिलालाई गाईका रूपमा प्रस्तुत गरेपछि दक्षिण कोरियाको एउटा डेरी उद्योगले माफी मागेको छ । विज्ञापनबारे चौतर्फी आलोचनापछि सीउल मिल्कले माफी मागेको हो । ‘२९ नोभेम्बरमा  सार्वजनिक भएको एउटा दूधको विज्ञापनका कारण असहज महसुस गर्नुहुने सबैसँग हामी माफी माग्छौं,’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।

सर्वत्र विरोधपछि कम्पनीले युट्युबबाट भिडियोको प्रोमो हटाएको थियो । तर, समाजिक सञ्जालका प्रयोगकर्ताले फेरि सो भिडियो अपलोड गरेका थिए ।

के छ विज्ञापनमा?

भिडियाे विज्ञापनमा एक पुरुषले चउरमा रहेका महिलाको एउटा समूहको गोप्य रूपमा भिडिओ खिचेको देखाइएको छ । केही समयपछि ती महिलाहरू गाईमा परिवर्तन हुन्छन् । ती महिलाहरू चउरमा बिरुवाको पातबाट चुहेको पानी पिउँदै गरेको र घाँसे मैदानमा चरेको जस्ताे देखिन्छन् ।

विज्ञापनमा देखाइएको पुरुषको व्यवहारलाई दक्षिण कोरियाको विद्यमान ‘मोल्का’  प्रवृत्तिसँग दाँजिएकाे छ । गैरकानुनी ढंगले अन्य व्यक्तिको लुकेर भिडिओ खिच्नुलाई दक्षिण कोरियामा मोल्का भनिन्छ । परम्परागत रूपमा यसलाई अनैतिक र असभ्य मानिन्छ ।  
 





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार ७:५६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया