अमेरिकाले विकास गर्‍यो चीनको सम्भावित हमलाबारे थाहा पाउने नयाँ सफ्टवेयर

अमेरिकाले प्रशान्त महासागरमा चीनका गतिविधि निगरानी गर्ने एउटा सफ्टवेयर विकास गरेको दाबी गरेको छ । 

प्रशान्त क्षेत्रमा अमेरिकी कमान्डरहरूले विकसित गरेको सो सफ्टवेयरले सो क्षेत्रमा सैन्य डिल र अन्य अमेरिकी समर्थनका गतिविधिलाई चिनियाँ सरकारले कसरी प्रतिक्रिया जनाउँछ भनेर भविष्यवाणी गर्नेछ । त्यस्तै, प्रशान्त क्षेत्रमा चीनको सम्भावित हमलाबारे पनि सफ्टवेयरले पूर्व जानकारी दिनेछन् । 

मंगलबार अमेरिकी सहायक रक्षामन्त्री क्याथलिन हिक्सले हवाईस्थित इन्डो प्यासिफिक कमान्डको भ्रमण गरेर सो सफ्टवेयरबारे जानकारी लिएकी थिइन् । रक्षा मन्त्रालयका एक अधिकारीका अनुसार सो सफ्टवेयरले रणनीतिक टकरावलाई पनि अनुमान गर्छ ।

त्यस्तै, सफ्टवेयरले सन् २००० को सुरुदेखिका तथ्यांक विश्लेषण गर्नुका साथै अमेरिका र चीनबीचको सम्बन्धलाई असर गर्ने महत्वपूर्ण गतिविधि निगरानी गर्छ । 

कम्प्युटरमा आधारित सो प्रणालीले प्रशान्त क्षेत्रमा चीनका उत्तेजक गतिविधिबारे अमेरिकी रक्षा मन्त्रालयले पेन्टागनलाई जानकारी दिनेछ । केही दिनअघिमात्र अमेरिका र क्यानडाले प्रशान्त क्षेत्र र ताइवान टापुको शान्ति र स्थिरतामा अमेरिकाले धावा बोलेको चीनको सेनाले आरोप लगाएको थियो । 

प्रशान्त क्षेत्रमा चीनका अस्वभाविक गतिविधिका कारण नयाँ प्रविधिको विकास गर्न बाध्य भएको अमेरिकाले जनाएको छ ।  





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार ९:५१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया