किरणआवद्ध माजियाले जित्यो च्यारिटी सिल्डको उपाधि

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बु सम्मिलित माल्दिभ्सको माजिया स्पोर्टस् रेक्रियसन क्लबले यस सिजनको च्यारिटी सिल्डको उपाधि जितेको छ ।  

माल्दिभ्सको मालेमा भएको खेलमा माजियाले क्लब भ्यालेन्सियालाई ५–० अन्तरले पराजित गरेको हो । 

सिजनको पहिलो खेल खेलेका किरणले प्लेइङ सेटमै खेलेका थिए । यसअघि भारतीय आईलिग खेलेका किरणले सम्झौता समाप्त भएसँगै माजियामा अनुबन्ध भएका हुन् । माल्दिभ्समा किरणले यसअघि टिसी स्पोर्टसबाट खेलेका थिए ।

माजियाले खेलमा पूर्ण हाबी हुँदै चौथो पटक च्यारिटी सिल्डको उपाधि जितेको हो । कीर्तिमान कायम गर्ने क्रममा माजियाले सन् २०१५, २०१६, २०१७ र २०२१ यो उपाधि हात पार्‍यो ।  





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार ११:२३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया