नेपाली कांग्रेसको महामन्त्री पदमा सुरु भएको मतगणनामा गगन थापाले अग्रता लिएका छन् ।
१४ औं महाधिवेशनअन्तर्गत दुई महामन्त्रीका लागि भएको निर्वाचनको मतगणनामा थापाले अग्रता लिएका हुन् । १ सय गणना हुँदा थापाले सर्वाधिक ७० मत ल्याएका छन् । दोस्रोमा विश्वप्रकाश शर्मा छन् । उनले ३४ मत प्राप्त गरेका छन् ।
संस्थापन पक्षका उम्मेदवार प्रकाशशरण महत ३१ मतका साथ तेस्रो स्थानमा छन् । त्यस्तै, पौडेल २७ मत प्राप्त गरेका छन् ।
शेखर कोइराला प्यानलबाट उम्मेदवार रहेका डा. मिनेन्द्र रिजालले २१ मत पाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0