कांग्रेस महाधिवेशन
महामन्त्रीमा गगन थापाको अग्रता कायमै, पछ्याउँदै विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसको महामन्त्री पदमा सुरु भएको मतगणनामा गगन थापाले अग्रता कायमै राखेका छन् । 

१४ औं महाधिवेशनअन्तर्गत दुई महामन्त्रीका लागि भएको निर्वाचनको ४ सय मत गणना हुँदा गगनले अग्रता कायमै राखेका हुन् । उनले यो अवस्थासम्म सर्वाधिक २६० मत पाएका छन् । उनलाई पछ्याइरहेका विश्व प्रकाश शर्मा १४८, प्रकाश शरण महतले १२६ मत प्राप्त गरेका छन् । 

त्यस्तै, प्रदीप पौडेल १४६, मिनेन्द्र रिजाल ७४ र राजाराम कार्की ७ मत पाएका छन् । मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । 
 





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार ११:४४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया