कांग्रेस महाधिवेशन
कांग्रेस महामन्त्री : ५०० मत गणना हुँदा कसलाई कति?

नेपाली कांग्रेसको महामन्त्री पदको मतगणनामा ५ सय मत गणना भइसकेको छ । मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो । 

५ सय मत गन्दा गगन थापाले अग्रता कायमै राखेका छन् । उनले ३२५ प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १८५, प्रदीप पौडेलले १७७, प्रकाश शरण महत १६३, मिनेन्द्र रिजालले ८६ र राजाराम कार्कीले १२ मत पाएका छन् ।

१४ औं महाधिवेशनअन्तर्गत दुई महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना केही बेर अघिदेखि सुरु भएको हो । आजै बिहान सम्पन्न उपसभापति पदको निर्वाचनमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका थिए । 
 
  
 





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार ११:५१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया