नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।
कांग्रेस निर्वाचन समितिका अनुसार ९०० मत गन्दा थापाले ६२ प्रतिशतभन्दा बढी मत ल्याएका छन् । कांग्रेस निर्वाचन समितिका अनुसार थापाले ५५९ मत ल्याएका छन् भने विश्वप्रकाश ३५७ मत ल्याएर दोस्रो स्थानमा छन् ।
उनीहरूलाई पछ्याएका प्रदीप पौडेलले ३०० मत ल्याएका छन् । यस्तै, प्रकाशशरण महतले २९७, मिनेन्द्र रिजालले १५३ र राजाराम कार्कीले ३१ मत ल्याएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।