श्रीलंकाले आगामी सन् २०२२ लाई श्रीलंका भ्रमण वर्षका रुपमा मनाउने भएको छ । यहाँका पर्यटन मन्त्रीले यस विषयमा सरकारले व्यापक मात्रामा तयारी गरेको र श्रीलंका सरकारले आगामी वर्ष कम्तीमा पनि ६० लाख पर्यटक भित्र्याउने तयारीका साथ ‘भिजिट श्रीलंका’ वर्षका रुपमा घोषणा गर्ने बताए ।
सरकारले आगामी वर्षलाई श्रीलंका भ्रमण वर्षका रूपमा मनाउने र यसबाट आगामी सन् २०२५ सम्ममा कम्तीमा पनि दश अर्ब अमेरिकी डलर भित्र्याउने तयारीमा सरकार लागेको पनि बताइएको छ । यहाँको मुख्य आम्दानी पर्यटन नै हो । तर पनि कोभिड–१९ को प्रभावका कारण पछिल्ला वर्षमा श्रीलंकामा पर्याप्त पर्यटक नै पुग्न सकेका छैनन् ।
डुब्न लागेको पर्यटन बजारलाई पुनःस्थापना गर्नका लागि यहाँको सरकारले सो योजना बनाएको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।