महामन्त्रीमा विजयी विश्वप्रकाशलाई कार्यकर्ताले अबिर लगाएर मनाए खुसियाली

नेपाली कांग्रेस महामन्त्रीमा गगनकुमार थापासँगै विश्वप्रकाश शर्मा पनि विजयी भएका छन् ।

२७ मंसिरमा भएको निर्वाचनको बिहीबार सार्वजनिक मतपरिणामअनुसार थापाले तीन हजार २३ मत र शर्माले एक हजार ९८४ मत ल्याएर निर्वाचित भएका कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । 

परिणाम सार्वजनिक हुनु अघिदेखि नै पार्टी कार्यालयमा रहेका शर्मालाई कार्यकर्ताहरूले अबिर लगाएर खुसियाली मनाएका छन् ।

कार्यकर्तालाई सम्बोधन गर्दै शर्माले आफूले महामन्त्रीको उम्मेदवारी घोषणा गरेको स्थल सुन्दरीजलको जेलको माटोलाई ढोगेर आफ्नो यात्रा सुरु गर्ने बताएका छन् ।

उनी पार्टी कार्यालयबाट सुन्दरीजलतर्फ जाने तयारी गर्दै छन् । 





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १६:१२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया