मीनेन्द्रले भने - जबरजस्ती पदमा बस्ने आवश्यक ठानिनँ

नेपाली कांग्रेस महामन्त्रीमा पराजित भएका डा. मीनेन्द्र रिजालले आफ्नो स्वविवेकले रक्षामन्त्रीबाट राजीनामा दिएको बताएका छन् । 

बिहीबार मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले महामन्त्रीमा पराजित हुने निश्चित भएपछि नैतिकताको आधारमा स्वविवेकबाट रक्षामन्त्रीबाट राजीनामा दिने निर्णय गरेको बताए । 

रक्षामन्त्रीबाट राजीनामा दिने विषयमा कसैसँग छलफल र सल्लाह नगरेको उनको भनाइ छ । 

जबरजस्ती पदमा बसिरहने आवश्यक नठानेको र सार्वजनिक जीवनमै रहने रिजालले बताए । ‘जबरजस्ती घसेटेर पदमा बसिरहने आवश्यक ठानिनँ,’ उनले भने, ‘म सार्वजनिक जीवनमै रहनेछु । राजनीतिमा वा कहाँ भन्ने कुरा पछि थाहा हुनेछ ।’ 

आफू पराजित हुने गरी आएको परिणाम सहजै स्वीकारेको बताएका उनले सोच विचार गरेर रक्षामन्त्रीबाट राजीनामा दिएको पनि दोहो¥याए । 
 





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १६:४२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया