नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचितका नेता पूर्णबहादुर खड्का ललितपुरको बाडेगाउँस्थित कृष्णप्रसाद भट्टराई (किसुन)आश्रम पुगेका छन् ।
नेता खड्का बिहीबार दिउँसो बाडेगाउँ पुगेका हुन् । उनले भट्टराईको सालिकमा माल्यार्पणसहित पूजा गरेका थिए ।
उनी नियमित रूपमा किसुन आश्रम बाडेगाउँ जाने गर्छन् । नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत सोमबार निर्वाचन भएको थियो । बिहीबार बिहान सम्पन्न मतगणनाबाट खड्काले २ हजार १ सय २१ मत ल्याएर उपसभापति निर्वाचित भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।