गगन र विश्वप्रकाशलाई बधाई दिँदै प्रदीपले भने - पार्टीको वैचारिक रूपान्तरणमा मेरो साथ छ

नेपाली कांग्रेसको महामन्त्रीको प्रतिस्पर्धी प्रदीप पौडेलले गगनकुमार र थापा विश्वप्रकाश शर्मालाई बधाई दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत महामन्त्रीमा निर्वाचित भएका थापा र शर्मालाई बधाई तथा सफलताको शुभकामना दिएका हुन् । उनले दुवै नेतालाई पार्टीको वैचारिक रूपान्तरण तथा गतिशीलताका लागि साथ दिने प्रतिबद्धता जनाएका छन् ।

'नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा लोकतान्त्रिक तथा मित्रवत प्रतिस्पर्धामा निर्वाचित हुनुभएका महामन्त्रीद्वय गगन कुमार थापा र विश्व प्रकाश शर्मालाई हार्दिक बधाई एवम् सफलताको शुभकामना ! पार्टीको वैचारिक रूपान्तरण तथा गतिशीलताका लागि मेरो साथ रहने प्रतिबद्धता व्यक्त गर्दछु,' उनले भनेका छन् ।

कांग्रेसको १४ महाधिवेशन अन्तरगत नयाँ नेतृत्वको लागि सोमबार मतदान भएको थियो । आज महामन्त्रीको मतगणना हुँदा थापा र शर्मा विजयी भएका हुन् । महामन्त्रीमा प्रदीपसहित विश्वप्रकाश, गगन, मीनेन्द्र रिजाल, प्रकाशशरण महत र राजाराम कार्कीले उम्मेदवारी दिएका थिए ।





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १८:२१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया