धनगढीमा हुने प्रधानमन्त्री राष्ट्रिय महिला क्रिक्रेट प्रतियोगिताको तयारी अन्तिम चरणमा

सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रधानमन्त्री कप (पिएम कप) राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता हुँदै छ । पुस ३ देखि ११ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघ धनगढीको सहआयोजनामा हुने प्रतियोगिता धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने भएको हो ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार प्राप्त गर्नेछन् । 

यस्तै प्रतियोगितामा वमन अफ द म्याच २ हजार प्रति म्याच, वमन अफ द सिरिज २५ हजार, बेस्ट बलर १५ हजार, बेस्ट ब्याट्स वमनलाई १५ हजार दिइने आयोजक मूल कमिटी संयोजक सुदूरपश्चिम प्रदेश क्रिकेट संघका अध्यक्ष हरि रेग्मीले बताए । 

सातै प्रदेशबाट प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा प्रदेश १, लुम्बिनी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेश रहेका छन् ।

समूह ‘बी’बाट नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश २ ले प्रतिस्पर्धा गर्दै छन् । उद्घाटन खेलमा प्रदेश १ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । 

सोही दिन अर्को खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेश भिड्नेछन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिता गर्न २२ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १८:५३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया