कांग्रेस सहमहामन्त्री मतगणना : दलिततर्फ जीवन परियारको अग्रता
फरकधार / १ पुस, २०७८

नेपाली कांग्रेसको सहमहान्त्रीतर्फको मतगणना जारी छ । 



ताजा मत परिणामअनुसार दलित सहमहामन्त्रीतर्फ ३०० मत गन्दा जीवन परिवारले अग्रता लिएका छन् । उनले १५४ मत ल्याएका छन् । 

त्यस्तै, उनलाई मानबहादुर विश्वकर्माले पछ्याइरहेका छन् । उनले १३० मत ल्याएका छन् भने गंगा सुनारको १८ आएको छ ।

कांग्रेसमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, खस/आर्य, अल्पसंख्यक र पिछडिएको क्षेत्र गरी छुट्टाछुट्टै क्लस्टरबाट एक–एक जना गरी ८ जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ । 



पहिलो चरणमा महिला, दलित र आदिवासी जनजातितर्फको मत गणना जारी छ । बाँकी पाँच सहमहामन्त्रीको मतगणना भोलि हुनेछ ।

  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १९:५६:१७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया