महिलाकाे टाउकाे किन बढी दुख्छ ?

पुरुषको तुलनामा महिलामा टाउको दुख्ने समस्या बढी हुने गरेको छ । महिलाले पाउने दोहोरो जिम्मेवारी (बच्चा जन्माउने काम)का कारण या हर्मोनका कारण पनि हुन सक्छ । तर, यसका पछि अन्य कारण पनि छन् :

चिन्ता
अक्सर टाउकोको कुन भाग दुखिरहेको छ, त्यहीअनुसार तपाईंको मनिस्थिति के छ भन्ने पत्ता लगाउन सकिन्छ । यदि टाउकोको दुवै भागतिर दुखिरहेको छ भने बुझनुहोस्, यो चिन्ता (टेन्सन)का कारणले हो ।

माइग्रेन 
यदि बीच भागमा टाउको दुख्छ भने त्यसलाई सामान्य मान्नु हुँदैन । यो माइग्रेनसमेत हुन सक्छ । यो खतरनाक समस्या भएकाले तुरुन्त डाक्टरकहाँ जानुपर्छ ।

पाचनमा समस्या
कहिलेकाहीँ टाउको दुख्ने कारण पेटसँग जोडिएको हुन्छ । पाचन प्रणाली सही नहुँदा टाउको दुख्ने हुन्छ । यदि टाउकोको एक भाग लामो समय दुख्यो भने झाडापखालाको लक्षण पनि हुन सक्छ ।

बोझ
यदि तपाईंले कुनै कुराको बोझ महसुस गरिहनुभएको छ र यो लामो समय कायम रहेमा टाउको दुख्ने हुन्छ ।

हर्मोन



टाउको दुखाइको एउटा कारण हर्मोन पनि हो । हर्मोनका कारण हृदयको गति धेरै तेज हुन्छ । अनि, पसिना आउँछ । यी तमाम बदलावका कारण टाउको दुख्ने हुन्छ ।

एलर्जी
कुनै एक खास ध्वनि कानमा गुञ्जिरह्यो भने टाउको दुख्न सक्छ । घन्टौँसम्म फोनमा कुरा गर्दा पनि यो समस्या आउन सक्छ । 



  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार २३:१९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया