वेस्ट इण्डिजसँगको टी–२० सिरिज पाकिस्तानले गर्‍यो ‘क्लिन स्विप’
फरकधार / २ पुस, २०७८
तस्बिर : पाकिस्तान क्रिकेट टिम

वेस्ट इण्डिजसँगको टी–२० क्रिकेट सिरिज ३–० ले क्लिनस्विप गरेको छ । गएराति अन्तिम तथा तेस्रो खेलमा वेस्ट इण्डिजलाई ७ विकेटले हराउँदै पाकिस्तानले सिरिज क्लिनस्विप गरेको हो ।  



तेस्रो खेलमा वेस्ट इण्डिजले दिएको २०८ रनको लक्ष्य पाकिस्तानले १८.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि कप्तान बाबर आजम र मोहम्मद रिजवानले उत्कृष्ट पारी खेले ।

रिजवानले ४५ बलमा १० चौका र तीन छक्कासहित ८७ रनको योगदान दिए । बाबरले ५३ बलमा ९ चौका र २ छक्काको सहयोगमा ७९ रनको योगदान दिए । फखर जमान १२ रनमा आउट हुँदा आसिफ अली २१ र इफ्तिखर अहमद १ रनमा अविजित रहे ।



बलिङमा ओडीन स्मिथ, डोमेनिक ड्रिक्स र रिमियो शेफर्डले एक/एक विकेट हात पारे । त्यसअघि, कराँची नेसनल स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०७ रन बनायो । उसका लागि कप्तान निकोलश पूरनले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा ६ छक्का र दुई चौकासहित ६४ रन बनाए ।



त्यस्तै, ब्रेण्डन किंग र शामर ब्रुक्सले पनि उत्कृष्ट पारी खेले । ब्रुक्सले ३१ ब्लमा चार छक्का र दुई चौकासहित ४९ र किंगले २१ ब लमा सात चौका र दुई छक्काको सहयोगमा ४३ रनको योगदान दिए ।

त्यस्तै, डारेन ब्रावो ३४ र रोभम्यान पावेल ६ रनमा अविजित रहे । बलिङमा मोहम्मद वासिम मोहम्मद वसीमले दुई र शाहनवाज दहनीले एक विकेट लिए । 

  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार ६:५४:३९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया