कांग्रेस महाधिवेशन : पाँच सहमहामन्त्रीको मतगणना आज

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएकाे आठ सहमहामन्त्री पदको निर्वाचनमध्ये पाँच पदको मतगणना आज सुरु हुने भएकाे छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम बिहीबार राति घोषणा भइसकेको छ । 

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारू, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना हुन लागेकाे हाे ।

मधेसी समूहको सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महेन्द्र यादव, शेखर कोइराला समूहबाट रामकृष्ण यादव र विमलेन्द्र निधि समूहबाट रामकृष्ण यादव प्रतिस्पर्धामा  छन् ।

खसआर्य समूहको सहमहामन्त्रीमा देउवा समूहबाट किशोरसिंह राठौर, काेइराला समूहबाट देवराज चालिसे उम्मेदवार छन् भने थारू कलस्टरमा देउवा समूहबाट उमाकान्त चौधरी र काेइराला समूहबाट तेजुलाल चौधरी उम्मेदवार छन् ।

मुस्लिम कलस्टरको सहमहामन्त्रीमा देउवा पक्षबाट फरमुल्लाह मन्सुर र काेइराला तथा निधि पक्षबाट शेख वकिल उम्मेदवार छन् । पिछडिएको क्षेत्र कलस्टरको सहमहामन्त्रीमा देउवा समूहबाट जीवनबहादुर शाही, काेइराला समूहबाट बद्री पाण्डे र निधि समूहबाट चेतराज बराल उम्मेदवार छन् ।





  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार ७:५३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया