एभर्टनसँग बराबरीमा राेकियाे चेल्सी

इङ्गलिस प्रिमियर लिगअन्तर्गत बिहीबारको खेलमा घरेलु टोली चेल्सी एभर्टनसँग बराबरीमा राेकिएकाे छ । स्टामफोर्ड ब्रिजमा दुवै टाेलीले १-१ को बराबरी खेलेका हुन् ।

सुरुवाती अग्रता जोगाउन नसक्दा चेल्सी अंक बाँड्न बाध्य बन्यो । चेल्सीका लागि मेसन माउन्टले गोल गर्दा एभर्टनका जरार्ड ब्रान्टवेइटले बराबरी गोल फर्काए । 

७० औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।  उनले रिस जेम्सको पासमा गोल गरेका हुन । चेल्सीको याे  अग्रता लामो समय भने टिकेन ।

७४ औं मिनेटमा ब्रान्टवेइटले बराबरी गोल फर्काए । उनले एन्थोनी गोर्डनको फ्रिकिकमा गोल गरेका थिए । त्यसपछि थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएकाे हाे ।

यो बराबरीसँगै तेस्रो स्थानमा रहेको चेल्सीले १७ खेलबाट ३७ अंक जाेड्दा एभर्टन १९ अंकका साथ १४ औं स्थानमा छ । 





  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार ८:४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया