मेक्सिन अभिनेत्री तानियाको हत्या

मेक्सिन अभिनेत्री तथा गायिका तानिया मेनडोजाको हत्या भएको छ । मोरिलोस राज्यको क्युअरनाभा सहरमा रहेको एक फुटबल एकेडेमीमा आफ्नो ११ वर्षे छोरालाई पर्खिरहेको बेला मोटरबाइकमा आएका दुई बन्दुकधारीले गोली चलाउँदा उनको मृत्यु भएको हो । 

त्यहाँ उनीसँग अन्य अभिभावक पनि थिए । प्रत्यक्षदर्शीका अनुसार दुई बन्दुकधारीमध्ये एकले अर्कोलाई भगाउनु अघि गायिकामाथि निरन्तर गोली बर्साएका थिए ।

मेक्सिकोमा दैनिक रूपमा १० जना महिलाको हत्या हुने त्यहाँको आधिकारिक तथ्यांकले देखाएको छ ।

मेनडोजा सन् २००५ मा रिलिज भएको फिल्म ‘ला मेरा रेना डेल सुर’को प्रदर्शन पछि चर्चामा आएकी थिइन् । पाँचवटा सांगीतिक एल्बम सार्वजनिक गरेकी उनले दर्जनौं ओपेरामा प्रस्तुति दिइसकेकी छन् ।

सन् २०१० मा अज्ञात समूहले उनी र उनका पतिसहित ६ महिने छोरालाई अपहरण गरेका थिए । त्यसपछि उनले मोरिलोस स्टेट अटर्नी जनरल कार्यालयमा आफूलाई ज्यानको धम्की आइरहेको भन्दै निरन्तर अपिल गरिरहेकी थिइन् । 

उनको हत्यामा कसको संलग्नता थियो भन्ने अझै खुल्न सकेको छैन । 





  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार १०:०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया