लुम्बिनी बसपार्क क्षेत्रमा आगलागी, १० पसलमा क्षति

लुम्बिनी विकास कोष परिसरमा रहेको लुम्बिनी बसपार्क क्षेत्रमा आगलागी भएको छ ।

बिहीबार राति आगलागी हुँदा १० वटा माला तथा गिफ्ट पसल, रेष्टुरेण्ट,  फेन्सी पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । आगलागीको कारण खुल्न सकेको छैन । 

स्थानीयका अनुसार राति २ बजे आगलागी सुरु भएको थियो । आगो नियन्त्रणका लागि लुम्बिनी सांस्कृतिक नागरपालिकाको बारुण यन्त्रलाई खबर गरेपनि दमकल आएन । 

बरु सिद्धार्थनगर नगरपालिकाको दमकल आएर आगो नियन्त्रणमा लिएको थियो ।   





  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार १०:५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया