नेपाली कांग्रेसको पाँच सहमहामन्त्रीको मतगणना सुरु भएको छ । शुक्रबार केन्द्रीय कार्यालय सानेपामा दिउँसो १२ बजेपछि मतगणना सुरु भएको हो ।
यसअघि बिहीबार कुल आठमध्ये तीन कलस्टरमा सहमहामन्त्रीको मतगणना भएको थियो । महिला, दलित र आदिवासी जनजातितर्फ गणना हुँदा महालक्ष्मी उपाध्याय (डिना), जीवन परियार र भीष्मराज आङ्देम्बे निर्वाचित भइसकेका छन् ।
आज मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारु, खस/आर्यको मतगणना सुरु भएको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
खसरआर्यतर्फ देउवा समूहका किशोरसिंह राठौरले अग्रता लिएका छन् । उनले शेखर समूहका देवराज चालिसेलाई पछि पारेका हुन् ।
अहिलेसम्म २ सय मत गनिसकिएको छ । जसमा राठौरले १०७ र चालिसेले ९१ मत पाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।