दिल्लीमा भेटिए ओमिक्रोनका १० नयाँ संक्रमित, भारतभर ९७ जनामा संक्रमण

भारतको दिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका १० नयाँ संक्रमित भेटिएका छन् । नयाँ भेटिएका संक्रमितसँगै दिल्लीमा ओमिक्रोनका संक्रमितको संख्या बढेर २० पुगेको छ ।

दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले २० संक्रमितमध्ये १० जना अस्पतालबाट डिस्चार्ज भइसकेको बताएका छन् । भारतमा ओमिक्रोन संक्रमितको संख्या लगातार बढिरहेका छ । अहिलेसमम भारतमा ओमिक्रोन संक्रमितको संख्या ९७ पुगेको छ ।

महाराष्ट्रमा हिजोसम्म ओमिक्रोनका सबैभन्दा बढी ३२ संक्रमित भेटिएको पुष्टि भएको छ । ओमिक्रोन संक्रमितको संख्या बढ्दै गएपछि मुम्बईमा डिसेम्बर ३१ सम्मका लागि धारा १४४ लागू गरिएको छ ।

नोभेम्बरमा पहिलो पटक देखापरेको ओमिक्रोन भेरियन्ट केही सातामै विश्वका ७० भन्दा बढी देशमा पुगिसकेको छ । यो भेरियन्ट पहिलेको डेल्टा  भेरियन्टभन्दा धेरै संक्रामक रहेको विज्ञको भनाइ छ ।





  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार १३:४१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया