जापानको ओसाकामा एक भवनमा आगलागी, कम्तिमा २७ मारिएको आशंका

जापानको ओसाका सहरमा एक भवनमा आगलागी भएको छ । आगलागीमा कम्तिमा पनि २७ जना मारिएको हुनसक्ने आशंका गरिएको छ ।

पब्लिक ब्रोडकास्टर एनएचकेका अनुसार प्रहरीले यो विषयमा अनुसन्धान सुरु गरेको छ । प्रहरीले आगलागीको कारणबारे जानकारी दिने जनाएको छ ।

आगलागीका कारण त्यहाँ मानिसहरुमा कार्डियोपल्मोनरी अरेस्टको समस्या देखिएको बताइएको छ । यसको अर्थ हो, उनीहरुको फोक्सोले काम गर्न सकेन ।

यो घटनाको एउटा भिडियो अहिले सार्वजनिक भएको छ । 

शुक्रबार विहानको यो घटनामा अब आगलागी नियन्त्रणमा आएको छ । यो भवन ओसाको एक व्यस्त ठाउँमा थियो ।





  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार १३:४१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया