विराटनगरमा पहिलाे पटक आदिवासी चलचित्र महोत्सव हुने
फरकधार / २ पुस, २०७८

विराटनगरमा मोफसलमै पहिलो पटक आदिवासी चलचित्र महोत्सव २०७८ हुने भएको छ । 



संघीय राजधानीबाहिर पहिलो पटक विराटनगरमा आगामी पुस ९ र १० गते सो महोत्वस हुन लागेको हो । 

२ दिनसम्म चल्ने महोत्सव अन्तर्गत प्रदेश १ को राजधानी विराटनगरस्थित अतिथि सदनमा आदिवासी समुदायका विभिन्न भाषाभाषीका चलचित्रहरू प्रर्दशन हुने कार्यक्रम छ । 



आयोजक राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना र आदिवासी चलचित्र महासंघको सहकार्यमा महोत्सव हुन लागेको हो । समितिले नेपाल पत्रकार महासंघ मोरङ शाखामा पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी गराएको छ । 



आदिवासी जनजातिहरूको भाषा, कला, संस्कृति र संस्कारहरूको संरक्षण तथा पर्यटन प्रवर्द्धनको उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष दिप नारायण राजवंशीले बताए ।

महोत्सवमा राजवंशी, थारु, गुरुङ, मगर, माझी, तामाङ, राई, लिम्बु, भुजेल, खवास र शेर्पा भाषाको चलचित्र प्रदर्शन गरिनेछ । प्रदर्शन गरिएका चलचित्रहरूमध्येबाट उत्कृष्ट चलचित्रलाई नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरिने जनाइएको छ । त्यसका लागि विभिन्न भाषाभाषीका निर्देशक सम्मिलित एक निर्णायक समिति समेत गठन गरिने आयोजक समितिले जनाएको छ ।

महोत्सव उद्घाटनको दिन बिहान ९ बजे आदिवासी जनजातिको पहिचान झल्किने विभिन्न समुदाय सम्मिलित झाँकी निकालिने कार्यक्रम छ । सोही दिन बिहान ११ बजे प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ भने पुस १० गते विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीबाट महोत्सव समापन हुनेछ ।

  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार १४:५९:१३,   अन्तिम अपडेट : पुस २, २०७८ शुक्रबार १५:६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया