मन्त्री आले भन्छन् - ८ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउँछ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आठ महिनाभित्र पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित वायु सेवा संचालक संघ, नेपालको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री आलेले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको १० दिनभित्र क्यालिब्रेशन फ्लाईट गर्ने जानकारीसमेत दिए । 

‘हामी करिव ७ देखि ८ महिनाको बीचमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाईट गरेर छिट्टै संचालनमा ल्याउने तयारी गरिरहेका छौं । त्यतिमात्रै नभएर गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा मलाई लाग्छ, हप्ता, १० दिनभित्र क्यालिब्रेशन फ्लाईट गर्दैछौँ । त्यसलाई पनि छिट्टै संचालनमा ल्याउँदैछौं उनले भने । 

उनले व्यवसायीको योगदानकै कारण नेपालको विमानस्थललगायतका हवाई उडानको क्षेत्रले प्रगति गर्दै गएको पनि स्मरण गराए । 

'आज यहाँ आएर भनिरहँदा भनिरहँदा यो जुन व्यवसायमा आदरणीय आवद्ध व्यक्तित्वहरु हुनुहुन्छ । हजारौंलाई रोजगार सृजना गर्नु भएको छ । यो राज्यले गर्न सक्नेभन्दा बढि योगदान यहाँहरुले दिनु भएको छ । यसका लागि हार्दिक धन्यवाद दिन चाहन्छु’ उनले भने ।

मन्त्री आलेले हवाई उडानको क्षेत्रमा काम गर्ने व्यवसायीहरुले हजारौं नागरिकलाई रोजगारीको अवसर दिएर राज्यले भन्दा बढि काम गरेको भन्दै प्रशंशा पनि गरे । 



कार्यक्रममा संघका पुनः निर्वाचित अध्यक्ष क्याप्टेन रामेश्वर थापाले अग्रजहरुको योगदानकै कारण नेपालको हवाई उडानको क्षेत्रले प्रगति गर्न सम्भव भएको बताए । उनले हप्ता दिनसम्म पनि हवाई उडान भर्नका लागि टिकट पाउने नसक्ने पीडाबाट मुक्ति दिलाउने सफलता आजको दिनमा मिलेको पनि बताए ।

कार्यक्रममा हवाई उडानको क्षेत्रका योगदान दिएका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो ।



  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार २०:३६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया