साफ यु-१९ : भुटानमाथि नेपालकाे सहज जित

साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत शुक्रबारकाे खेलमा नेपाल विजयी भएकाे छ ।

नेपालले बंगलादेशको ढाकामा भुटानमाथि ४-० काे फराकिलाे जित हात पारेकाे हाे । 

नेपालकाे जितमा मेनुका आले मगरले २ तथा कुसुम खतिवडा र रजनी थोकरले १-१ गोल गरे । 

मेनुकाले खेलको दोस्रो मिनेटमै नेपाललाई अग्रता दिलाएकी थिइन् ।  

१८ औँ मिनेटमा कुशुमले नेपालको अग्रता दोब्बर बनाइन् ।  

र २१ औँ मिनेटमा रजनीले गाेल गर्दा नेपाल ३-० ले अघि बढ्याे ।



मेनुकाले ७२ औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टाेलीका लागि चौथो गोल गरेपछि नेपालले सहज जित हात पारेकाे हाे ।
 
भुटानमाथिको जितसँगै तीन खेलमध्ये दुईमा जित र एकमा बराबरीको नजिता निकाल्दै  सात अंक जोडेको नेपालले फाइनल सम्भावना बलियाे बनाएकाे छ । 

४ खेलमा एक मात्र जित निकालेकाे भुटान भने प्रतियाेगिताबाट बाहिरिएकाे छ ।



नेपालले अब आफ्नो अन्तम खेल १९ डिसेम्बरमा भारतसँग खेल्नेछ । यही खेलको नतिजाले नेपालको यात्रा टुंगो लगाउनेछ ।

  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार २१:१०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया