विविध कार्यक्रम गरी मनाइयाे गैरआवासीय नेपाली संघको १९औं स्थापना दिवस
फरकधार / ३ पुस, २०७८

गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको १९औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । 



संस्थाका अध्यक्ष मोहम्मद मुक्तदाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाले गर्दै आएको विभिन्न गतिविधि र आगामी कार्ययोजनाको बारेमा छलफल गरिएको थियो।

दोहास्थित क्राउन प्लाजा होटलमा भएको कार्यक्रममा प्रमुख अतिथि कतारस्थित नेपाली राजदूत लक्षमण खनाल, विशिष्ट अतिथि कतार सरकारको श्रम मन्त्रालयअन्तर्गत जागरुकता, मार्गदर्शन र श्रम संगठन प्रमुख अली साल्ह अल खलफ, विशिष्ट अतिथि लेबर कनसूलर कृष्ण खनाल लगायतले मन्तव्य व्यक्त गरे ।

त्यस्तै गरी एनआरएनए आइसिसी मानार्थ परिषद सदस्य विमल सुवेदी, आइसिसी सदस्य, नवनिर्वाचित आईसीसी सदस्य लगायत पत्रकार, सामाजिक एवम धार्मिक संघसंस्थाका प्रमुखसँगै प्रादेशिक तथा जिल्ला संघसंस्थाका प्रतिनिधि जनसमाजसेवी, व्यवसायी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
 



  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार ८:५९:३९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया