ओमिक्रोन फैलिएका मुलुकबाट नेपाल आउने यात्रुले सात दिन क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएका देशहरूबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित भएको छ । अध्यागमन विभागले सूचना जारी गर्दै विभिन्न ६७ मुलुकबाट नेपाल आउँदा सात दिन अनिवार्य होटलमा क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको थियो । तर, सूचना निकालेको एक दिनमै उक्त निर्णयलाई उल्टाउँदै तत्कालका लागि स्थगित गरेको हो । 

अर्को सूचना जारी नभएसम्म उक्त निर्णय स्थगित गरिएको हो । निर्णय स्थगित गरिएको कारणबारे भने विभागले केही खुलाएको छैन् । अब ओमिक्रोन फैलिएका विभिन्न ६७ देशबाट नेपाल आउने यात्रुले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने छैन् । 

यसअघि शुक्रबारको सूचनामा मन्त्रिपरिषद्को मंसिर १३ को निर्णय अनुसार भन्दै जोखिमयुक्त मानिएका ६७ देशबाट नेपाल प्रवेश गर्ने यात्रुले सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने भनिएको थियो ।

ती देशबाट आएका यात्रुले पीसीआर विधिबाट परीक्षण गर्नुपर्नेछ । नतिजा नेगेटिभ आएपनि सात दिन होम क्वारेन्टिनमा बस्नुपर्ने र पोजेटिभ रिपोर्ट आएमा भने तोकिएको आइसोलेसन केन्द्र वा अस्पतालमा बस्नुपर्ने नियम बनाइएको थियो ।  





  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार १२:२७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया