केन्द्रीय सल्लाहकार परिषद् सदस्य बनाएकोप्रति डा. भीम रावलको आपत्ति

नेकपा (एमाले)का नेता डा. भीम रावलले पार्टीको केन्द्रीय सल्लाहकार परिषदको सदस्य मनोनयनबारे अनविज्ञता प्रकट गरेका छन् । नसोधिकन सदस्य बनाउनुलाई उनले आपत्तिजनक भनेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा शनिबार ट्विट गर्दै रावलले भनेका छन् , ‘मलाई नेकपा (एमाले)को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ ।’

मनोनित गर्नुलाई टीके प्रणालीका रूपमा टिप्पणी गर्दै उनले त्यस्तो कार्य जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुने पनि बताएका छन्  ।

पार्टी महासचिव शंकर पोखरेलले डा. रावललाई सल्लाहकार परिषद् सदस्य बनाइएको बताएका थिए । त्यसपछि रावलले ट्विटरबाट त्यसप्रति आपत्ति जनाएका हुन् । 

उनी यसअघि पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार थिए । केपी शर्मा ओलीसँग उनी पराजित भए । 

अध्यक्ष पदमा पराजित भए पनि केन्द्रीय सदस्य उम्मेदवारी दिन सकिने अवस्था भने थियो । तर, उनले अस्वीकार गरे ।



 



  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार १३:२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया