प्रधानमन्त्री कप: प्रदेश १ काे शानदार सुरुवात

प्रधानमन्त्री कप राष्ट्रिय महिला टि-२० क्रिकेट प्रतियोगितामा साविक विजेता प्रदेश १ ले शानदार सुरुवात गरेकाे छ ।

प्रदेश १ ले शनिबारकाे उद्घाटन खेलमा कर्णाली प्रदेशमाथि १६० रनकाे फराकिलाे जित हात पारेकाे हाे ।

१६७ रनकाे लक्ष्य पछ्याएकाे कर्णालीले ११ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ६ रन मात्रै बनाउन सक्याे ।

कर्णालीका लागि कुनै पनि ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।

कप्तान आयुशा तन्डनले सर्वाधिक ३,  अन्शु शाक्य र लक्ष्मी रिमालले १-१ रन जाेडे अन्यले रनकाे खातासमेत खाेल्न सकेनन् ।

कर्णालीलाई सस्तैमा समेट्न अलिसा खडियाले ५, सङ्गिता राईले २ र सवनम राईले १ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयाे ।



यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ  राेजेकाे प्रदेश १ ले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै १६६ रन बनाएकाे थियाे ।

पारीकाे पहिलाे बलमै विकेट गुमाए पनि कप्तान रूविना क्षेत्री र अप्सरी बेगमले दोस्रो विकेटका लागि १६६ रनकाे उत्कृष्ट साझेदारी गर्दै प्रदेश १ लाई बलियाे याेगफलसम्म पुर्याएका थिए ।



रूविनाले ६४ बलमा १० चाैकाकाे मदतले ७६ रन बनाइन् ।

६१ रनमा अविजित रहकी अप्सरीले ६२ बलकाे सामना गर्दै ५ चाैका प्रहार गरिन् । 

कर्णालीका लागि दुवै विकेट दिव्या धामीले लिइन् ।

  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार १३:४१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया