जब सत्तारुढ दलका सांसदले मञ्चमै खेलाडीलाई झापड हाने…[भिडियो]

भारतको झारखण्ड राज्यस्थित राजधानी राँचीमा एक राष्ट्रिय खेलका क्रममा सत्तारुढ भारतीय जनता पार्टीका सांसदले खेलाडीमाथि हातपात गरेका छन् ।  

भारतको उत्तर प्रदेशस्थित कैसरगंजबाट प्रतिनिधित्व गर्ने सांसद बृजभूषण शरण सिंहले युवा पहलवान खेलाडीमाथि मञ्चमै जाइलागेर दुई झापड हानेका हुन् । सत्तारुढ सांसदले थप्पड प्रहार गरेको भिडियो समाजिक सञ्जालमा भाइरल भइरहेको छ । खेलाडीमाथि दुर्व्यवहार गरेको भन्दै सांसद सिंहका साथै भाजपाको पनि आलोचना भइरहेको छ ।  

राँचीमा यू-१५ राष्ट्रिय कुश्ती च्याम्पियनसिप खेलका क्रममा यो घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कार्यक्रममा सिंह प्रमुख अतिथि थिए । ६ पटक लोकसभामा सांसद रहेका सिंह भारतीय कुश्ती महासंघका अध्यक्ष पनि हुन् ।

प्रतियोगितामा भाग लिन नपाएका पहलवानले कुश्ती महासंघका अध्यक्ष सिंहसँग खेल्न पाउन गुहार माग्दा झापड भेटेका हुन् । आयोजकले उनको उमेर बढी भएको भन्दै खेल्न अनुमति दिएको थिएन । उनी खेल्नका लागि पहल गरिदिन अनुरोध गर्दै सांसद सिंह कहाँ पुगेका थिए । तर सिंहले मञ्चबाटै झापड हानेर लखेटेका थिए ।

यो दृश्य क्यामेरामा कैद भएपछि अहिले भारतभर भाइरल भइरहेको छ । अन्य खेलाडी यो घटनाको विरोध गरेका छन् । विपक्षी पार्टीले पनि भाजपाको खेल नीति भन्दै भिडियो शेयर गरेर आलोचना गरिरहेका छन् ।



 



  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार १६:३६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया