आगामी वर्षको सुरुमा ओम्रिकोन भेरियन्टले युरोपभर गम्भीर असर गर्ने फ्रान्सका प्रधानमन्त्रीको चेतावनी

फ्रान्सका प्रधानमन्त्री जिन कास्तेक्सले आगामी वर्षको सुरुमा कोरोनाको ओम्रिकोन भेरियन्टले युरोपमा गम्भीर असर गर्ने चेतावनी दिएका छन्। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन युरोपेली मुलुकमा बिजुलीको गतिमा फैलिरहेको उनको दाबी छ । 

प्रधानमन्त्री कास्तेक्सको यस्तो चेतावनीसँगै फ्रान्सले बेलायतबाट आउने यात्रुलाई यात्रामा प्रतिबन्ध लगाएको छ। हालसम्म सबैभन्दा बढी ओमिक्रोन संक्रमण फेला परेका देशको सूचीमा बेलायत पहिलो नम्बरमा छ । जहाँ शुक्रबार मात्रै १५ हजार जनामा ओमिक्रोन संक्रमण देखिएको छ । 

युरोपमा हालसम्म १५ लाख मानिसको मृत्यु भएको छ। यस्तै, कोभिड–१९ संक्रमण पुष्टि हुनेको संख्या ८ करोड ९० लाख पुगेको छ । 





  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार १८:४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया