कराँचीको एक निजी बैं‌कमा विस्फोट, १४ जनाको मृत्यु

पाकिस्तानको आर्थिक राजधानी कराँचीमा शनिबार लगातार दुईवटा विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।

भग्नावशेषमा फसेका मानिसको उद्धार भइरहेको बताइएको छ । उद्धार कार्यमा संलग्न टोलीसँगै पाकिस्तानी रेन्जर्स र प्रहरी पनि घटनास्थलमा छन् । विस्फोटमा परेर घाइते भएकाहरूको जिन्ना पोस्ट ग्रेजुएट मेडिकल अस्पतालमा उपचार भइरहेको छ ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार कराचीको शेरशाह क्षेत्रको पराचा चोकनजिक दिउँसो १:३० बजे विस्फोट भएको थियो । विस्फोटबाट एउटा निजी बैंकको भवन भत्किएको छ । भवनको ठूलो हिस्सा नालामा भासिएको बताइएको छ ।

दोस्रो विस्फोट उद्धार कार्यका क्रममा भएको हो । विस्फोटबाट भवन नजिकै पार्किङ गरिएका सवारी साधनमा क्षति पुगेको छ । जेसिबीको सहयोगमा उद्धार कार्य भइरहेको छ ।

कराँची दक्षिण क्षेत्रका डीआईजी शर्जिल खरालले ग्यास लिक भएर विस्फोटको भएको हुन सक्ने बताएका छन् । उनले विस्फोटबाट भत्किएको बैंकको भवन अवैध रूपमा निर्माण भएको बताए ।





  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार १८:२२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया