सभामुखलाई एमाले उपाध्यक्ष पौडेलका दुई विकल्प : कि सच्चिनू नत्र राजीनामा दिनू

एमाले उपाध्यक्ष विष्णु पौडेलले सभामुख अग्नि सापकोटाले एमालेले कारबाही गरेका सांसदहरूलाई निलम्बन गर्ने सूचना जारी नगरेमा राजीनामा दिनुपर्ने बताएका छन् ।

एमालेनिकट नेपाल राष्ट्रिय वाणिज्य संघको महाधिवेशनमा बोल्दै उपाध्यक्ष पौडेलले सभामुख सापकोटाले पार्टीको कार्यकर्ताजस्तो बनेर एमाले विभाजन गरेको आरोप समेत लगाए। सापकोटाले आफूलाई नसच्याए राजीनामा दिनुपर्ने उनको भनाइ छ । 

सभामुखको भूमिका निष्पक्ष र तटस्थ हुनुपर्ने उल्लेख गर्दै पौडेलले भने, ‘तर हाम्रो सभामुखले दल विशेषको कार्यकर्ताको हैसियतले संविधान र कानुनको व्यवस्थालाई ठाडो उल्लंघन गरेका छन् ।’ एमाले विभाजन गर्नका निम्ति सभामुख पदको दुरुपयोग गरेर नांगो र निर्वस्त्र ढंगले सभामुख उभिएको उनको आरोप छ । 

सभामुख संविधानसम्मत ढंगले नचलेपछि उनलाई सभामुख मानेर अघि बढ्न नसक्ने र संसद पनि चल्न नदिने उनले प्रस्ट्याए । उनले भने, ‘या त सभामुखले आफूलाई सच्याउनपर्यो या त सभामुख पदमुक्त हुनुपर्यो अन्य अवस्थामा यो संसद चल्न सक्दैन।’





  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार १८:२६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया