सर्वदलीय बैठकअघि सत्तागठबन्धनको बैठक बस्दै

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बस्नुअघि सत्ता गठबन्धनको बैठक राखेका हुन् । 

प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् । सो बैठकमा संसदमा जारी अवरोध र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे छलफल हुने बताइएको छ । 

सो सर्वदलीय बैठक बस्नुअघि देउवाले दिउँसो २ बजेका लागि सत्तारुढ गठबन्धनको बैठक बोलाएका हुन् । विभिन्न राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन सत्तारुढ दलको बैठक बोलाइएको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । 

सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवासहित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेपालकी नेत्री दुर्गा पौडेल सहभागी हुनेछन् ।

माधव नेपाललगायत आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई हटाउन माग गर्दै प्रतिपक्षी दल नेकपा एमालेले संसद्‍ बैठक अवरुद्ध गर्दै आएको छ । प्रधानमन्त्रीले बोलाएको बैठकमा दलको अध्यक्षको हैसियतमा माधव नेपाल पनि सहभागी हुने भएकाले आफ्नो पार्टी नजाने एमले नेताहरुले बताउँदै आएका छन् ।   





  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार १८:५५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया