पाकिस्तानको कराँचीमा बम विस्फोट : प्रधानमन्त्रीका विशेष सहयोगीसहित १५ जनाको मृत्यु

पाकिस्तानको कराँचीमा भएको शक्तिशाली विस्फोटमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । कराँचीको शेरशाह क्षेत्रस्थित एउटा व्यापारिक भवनमा शनिबार साँझ विस्फोट भएको थियो । 

विस्फोटमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानका विशेष सहयोगी र पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीमा आबद्ध एक सांसदका बाबुकोसमेत मृत्यु भएको छ ।

विस्फोटबाट भवनमा आंशिक रूपमा क्षति पुगेको छ । विस्फोटपछि क्षतिग्रस्त भवनको भग्नावशेषमा केही व्यक्ति फसेको आशंकामा उद्धार कार्य तीव्र पारिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विस्फोटका दर्जनौं घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । ग्यास चुहावट वा अन्य केही विस्फोटक पदार्थ पड्किएर भवन भत्किएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।  





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार ८:८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया