महोत्तरी प्याब्सनको अध्यक्षमा राधेश्याम सापकोटा

निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सन महोत्तरीको आठौं अधिवेशनबाट राधेश्याम सापकोटा अध्यक्षमा चयन भएका छन् ।

शनिवार सम्पन्न अधिवेशनमा सर्वसम्मतिबाट  राधेश्याम  सापकोटासहित वरिष्ठ उपाध्यक्षमा सञ्जीव ठाकुर र  उपाध्यक्षमा नन्द विश्वकर्मा चयन गरेको हो ।

अधिवेशनले  कोषाध्यक्षमा विनिता झा, सहकोषाध्यक्षमा राम स्नेही सिंह निर्वाचित गरेको छ । त्यस्तै, दुई सचिवमा जीवन चौधरी र फेकन राउत तथा सदस्यहरूमा अरुण कार्की, बिजय साह, मिथिला बिहारी शर्मा निर्वाचित भएका छन् ।

महोत्तरी प्याब्सनअन्तर्गतका जिल्लाका ६२ विद्यालयमा १३ सय शिक्षकले अध्यापन गराउँदै आएका छन् ।  





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार ९:१९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया