ओमिक्रोनको संक्रमण बढेपछि नेदरल्यान्ड्समा लकडाउन
फरकधार / ४ पुस, २०७८

क्रिसमस नजिकिदै जाँदा नेदरल्यान्ड्समा लकडाउन घोषणा गरिएको छ । 



कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको संक्रमण बढेपछि नेदरल्यान्ड्समा आगामी १४ जनवरीसम्म लकडाउन गरिएको हो । 

सम्पूर्ण अत्यावश्यकबाहेकका पसलहरू, सांस्कृतिक तथा मनोरन्जन स्थल बन्द हुने भएका हुन् । त्यस्तै, ९ जनवरीसम्म सम्पूर्ण विद्यालय बन्द हुने छन् । 

युरोपेली मुलुक नेदरल्यान्ड्समा ओमिक्रोन भेरियन्ट तीव्र ढंगले फैलिएको छ । इयु प्रमुख युर्सुला भोन डेर लेयनले जनवरीको मध्येमा ओमिक्रोन भेरियन्टबाट सम्पूर्ण युरोप नै तहसनहस हुने चेतावनी दिएका छन् ।



ओमिक्रोन फैलिएपछि युरोपका विभिन्न देशहरूले विभिन्न प्रतिबन्ध लगाएका छन् । ओमिक्रोन भेरियन्ट नोभेम्बरको अन्त्यतिर सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थियो । 

संक्रमण देखिएपछि दक्षिण अफ्रिकामाथि विभिन्न देशहरूले यात्रा प्रतिबन्ध लगाएका थिए ।   

  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार ११:१०:३३,   अन्तिम अपडेट : पुस ४, २०७८ आइतबार ११:१३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया