केरलामा १२ घण्टामा दुई नेताको हत्या

भारतको केरलाको अलप्पुझामा १२ घण्टामा दुई नेताको हत्या भएपछि सनसनी फैलिएको छ । हत्या हुनेमा सोसल डेमोक्रेटिक पार्टी अफ इन्डिया र भारतीय जनता पार्टीका नेता रहेका छ । यी दुई हत्यापछि त्यहाँ धारा १४४ लागू गरिएको छ ।

त्यहाँका मुख्यमन्त्री पिनाराई विजयनले दुवै हत्याको कडा भत्र्सना मात्र गरेका छैनन्, यसमा कडा कारवाही हुने आश्वासन पनि दिएका छन् ।

‘हिंसाको यस्तो जघन्य तथा अमानवीय काम राज्यका लागि खतरनाक हो,’ उनले भनेका छन्, ‘हत्यारा समूहको पहिचान गरेर उनीहरूलाई कडा भन्दा कडा कारवाही गर्ने तयारीमा हामी छौँ ।’

केरलामा एसडिपिआईका प्रदेश सचिव के एस सानमाथि शनिबार राति घर फर्किने क्रममा आक्रमण भएको थियो । उनी सवार बाइकलाई एउटा गाडीले ठक्कर दिएको थियो । त्यसपछि उनीमाथि चक्कु प्रहार भएको भारतीय मिडियाले जनाएका छन् । उनको त्यहाँको एक अस्पतालमा उपचार हुँदै गर्दा निधन भएको हो ।

प्रहरीका अनुसार आइतबार नै भारतीय जनता पार्टीका प्रदेश सचिव रन्जित श्रीनिवासको घरमा नै उनको हत्या भएको हो । यी दुई नेताको हत्या भए पछि त्यहाँको सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । 





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार १३:५१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया