काजोलले दिइन् आफ्नो फ्ल्याट भाडामा
फरकधार / ४ पुस, २०७८

बलिउड अभिनेत्री काजोल अभिनयमा सफल अभिनेत्रीमा दरिन्छिन् । उनी पति अजय देवगणसँग अहिले जुहुमा रहेको आलिशान बंगालामा बस्छिन् ।



यस्तैमा उनले मुम्बईमा नै रहेको अर्को एक अपार्टमेन्ट चाहिँ भाडामा लगाएकी छिन् । उनले यो अपार्टमेन्ट ३ वर्षका लागि भाडामा लगाएकी हुन् । 

भारतीय मिडियामा आएको समाचारअनुसार प्रत्येक वर्ष भाडा बढाउने सर्तमा यो अपार्टमेन्ट उनले भाडामा दिएकी हुन् । अपार्टमेन्ट भाडामा दिँदा ३ लाख भारतीय रुपैयाँ उनले सेक्युरिटी डिपोजिटका रूपमा पनि लिएकी छिन् । 



उनले महिनाको ९० हजारका दरले यो फ्ल्याट भाडामा लगाएकी हुन् । भारतीय मिडिया मनीकन्ट्रोलडटकमका अनुसार काजोलको यो फ्ल्याट ७७१ वर्गफुटमा फैलिएको छ ।



यसअघि बलिउड अभिनेता सलमान खान र अमिताभ बच्चनले पनि आफ्नो फ्ल्याट भाडामा दिएको समाचार आएको थियो । 

  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार १३:५९:५४,   अन्तिम अपडेट : पुस ४, २०७८ आइतबार १४:०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया