विश्वप्रकाशले कृष्णप्रसाद सिटौलालाई भेटेर लिए आशीर्वाद

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले भेटका छन् । महामन्त्रीमा निर्वाचित भएको चार दिनपछि शर्माले सिटौलालाई चण्डोल पुगेर भेटेका हुन् ।

भेटमा ​सिटौलाले शर्मालाई बधाई तथा आशीर्वाद दिँदै टीका र खादा लगाइदिएका छन् । शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा निर्वाचित भएका हुन् ।

सिटौलाले सभापति शेरबहादुर देउवालाई सहयोग गर्दै प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाएका थिए । देउवाले बाँकी अर्को सिटमा प्रकाशशरण महतलाई महामन्त्रीको उम्मेदवार बनाएका थिए । दुवै जना पराजित भएका छन् ।

कांग्रेसका पूर्वमहामन्त्री सिटौला र नवनिर्वाचित महामन्त्री शर्माको गृहजिल्ला झापा नै हो । गृह जिल्लाको राजनीतिमा सिटौला र शर्माबीच कडा टक्कर रहँदै आएको छ ।





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार १५:५४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया