एमालेले अदालतको फैसलाविपरीत संसद अवरुद्ध पारिरहेको छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)ले सर्वोच्च अदालतको फैसलाविपरीत संसद अवरुद्ध पारिरहेको बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुअघि दलको ह्वीप नलाग्ने सर्वोच्च अदालतको फैसलाविपरीत गएर एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेको आरोप लगाएका हुन् ।

आइतबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्च घोषणासभामा बोल्दै उनले केपी ओली अदालतको सो फैसलालाई मान्य पक्षमा नरहेको दाबीसमेत गरे । उनले सर्वोच्च अदालतको सो फैसलालाई अस्वीकार गर्दै संसद अवरुद्ध पारेर नेकपा एमालेले संविधानलाई नै चुनौती दिने काम गरेको तर्कसमेत गरे । अध्यक्ष नेपालले अदालतको फैसलालाई स्वीकार नगर्नेले संविधानको ढाडस् दिँदै संसद अवरोध गर्नुको कुनै अर्थ नहुने दोहोर्याए ।

'कानुनी राज्यको मान्यतालाई स्वीकार गर्नेले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्नुपर्ने हुन्छ । तर केपी ओलीको यो गुट कसैले फैसलालाई मान्य पक्षमा छैन । जनताको जनादेशलाई पनि स्वीकार गर्दैन । जनताका निर्णयलाई पनि अंगिकार गर्दैन । जनतालाई उसले टेर्दैन । कानुनलाई वास्ता गर्दैन । संविधानलाई उसले चुनौती दिने काम गर्छ । संविधानलाई चुनौती दिएरै संविधानविपरीतको कदम चालेको तपाईलाई थाहा छ’ उनले भने ।

अध्यक्ष नेपालले एमालेले अदालतमा विचाराधीन मुद्दालाई उठान गरेर संसद अवरुद्ध पार्न नपाउने पनि बताए । आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर चलेको दाबी गर्दै उनले विरोधीमा छटपटाहट आएको बताए ।





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार १८:२४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया