अनावरण नहुँदै सालिक चोरी
अनावरण गर्न ठिक्क पारिएको सालिक र चोरी भएपछि

मकवानपुरका लोककवि गणेशलाल श्रेष्ठको सालिक अनावरण नहुँदै चोरी भएको छ। 

मकवानपुरको पुरानो सदरमुकाम भीमफेदी बजारमा बनाइएको  मकवानपुरका लोककवि गणेशलाल श्रेष्ठको अर्धकदको सालिक शनिबार राति चोरी भएको हो। 

कवि श्रेष्ठको आइतबार बिहान प्रतिमा अनावरण गर्ने कार्यक्रम रहेको थियो । सालिक अनावरण गर्न परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठसहित गाउँपालिका अध्यक्ष हिदम लामालगायत साहित्यकारको टोली आइतबार बिहान भीमफेदी पुगेका थिए । 

सालिक करिब ५ लाखको लागतमा निर्माण गरिएको थियो। यता, इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरले सालिक चोरी गर्नेको खोजी भइरहेको बताएको छ।





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार १९:५९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया